• +977-56591331
  • info@nsss.org.np

त्रितिय स्थान: कोपिला श्रेष्ठ :: माटो र कोसेबाली, मानव जिवनसगँ अपरिहार्य

त्रितिय स्थान: कोपिला श्रेष्ठ :: माटो र कोसेबाली, मानव जिवनसगँ अपरिहार्य

soil and legume

Name: Kopila Shrestha
University: Purbanchal University
College: Himalayan College of Agricultural Sciences and Technology (HICAST)
Address: Kamalamai-1, Sindhuli
Phone No: 9841518759

“कृषिकोउत्पादन माटोको योगदान ।” यो वाक्य आफैमा पूर्ण छ । कृषि उत्पादनमा माटोको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । बाली विरुवा माटोमै उम्रन्छ, बढ्छन्, फूल्छन् अनि फलोत्पादन पनि गर्दछन् । कृषिको मूल आधार भनेको माटो हो । बालीबिरुवाको पालपोषण प्राकृतिक रुपमा माटो बाटै हुन्छ । माटो बोटविरुवालाई आवश्यक खाद्यतत्त्वहरुको भण्डार हो जसबाट बालीले आफूलाई आवश्यक खाद्यतत्त्वहरु लिन्छन् । मानव आफ्नो पेट पाल्नका लागि माटोमा उब्जनी कृषिमा अत्मनिर्भर छ । नेपाल कृषि प्राधान देश हो । नेपालमा करिब कुल जनसङख्याको ६५.६ प्रतिशत नेपाली जनसङ्ख्या कृषिमा निर्भर छन् तर पनि बढ्दो भोकमरी र कुपोषणले नेपाल ग्रसित नै छ । नेपालका ग्रामिण भेगमा त्यहाँका नेपालीहरु अझै पनि भोकमरी र कुपोषणको शिकार बनेका छन् ।

“स्वथ्य माटो स्वथ्य जिवन” माटो स्वथ्य छ त कृषि उत्पादन स्वथ्य र मानव आहार स्वथ्य अनि स्वथ्य मानव जिवन । एक भनाई छ “जुनदेशको माटो स्वथ्य छ त्यो देशका जनताको जिवन सुखी र खुसि हुन्छ ।” हामीले आहार गर्ने सबै कृषि उत्पादन माटोको देन हो । माटो, कोसेबाली र मानव जिवन एक अर्कासगँ अपरिहार्य अर्थात परिपुरक छन् । कोसेबालीस माटो र मानव जिवनका लागि अत्ति महत्त्वपूर्ण बाली हो । कोसेबाली अन्तर्गत बोडी, सीमी, केराउ, मसुरो, चना, भटमास, अरहर, गहत, आदि बाली पर्दछन् । यस बालीको माटो मुनि र माटो माथिका सबै भाग उपायोगी छन् । यस बालीको दानामा प्रोटिनको मात्रा बढी पाइन्छ र त्यसैले मानिस यसको दाना भोजनका रुपमा प्रयोग गर्दछन् साथै पशुको लागि आहारा समेत तयार पार्छन । मानिस यसको दालबाट विभिन्न किसिमका परिकार तयार पारी भोजन गर्छन् । यसको दाना सेवन गर्नाले मानिसमा लाग्ने ब्लड सुगर, नातागत, हाडजोर्नि, जस्ता रोग कम गर्दछ । भटमास, बदाम जस्ता कोसेबाली, तेल उत्पादनका लागि प्रख्यात छन् जसले मानव जातीको पोषणमा मद्दत पुर्यायको छ । यो बालीलाई हरियो मल का रुपमा पनि प्रयोग गरिन्छ । उत्पादित यसको दानाले कुपोषण जस्तो देशको गम्भिर समस्यालाई निमूलीकरण गर्न मद्दत गरेको छ । कम मलिलो जग्गामा राम्रो उत्पादन दिने हुदा ग्रामिण भेगका मानिसले राम्रो उत्पादन लिन सक्छन् । खाद्यान्न बालीको तुलनामा बढी महँगो भएकोले नगद बढी आम्दानी गराउँदछ जसले गरिबी निवारणमा मद्दत गर्छ ।

विभिन्न बालीहरु मध्ये कोसेबालीले माटो सुधार गर्नको लागि महत्त्वपूर्ण स्थान ओगटेको छ । यो बालीले प्रति इकाई क्षेत्रफल बाट राम्रो आम्दानी दिनुका साथै माटोमा नाईट्रोजन युक्त खाद्य तत्त्व उपलब्ध गराउँछ । नाईट्रोजन विरुवाहरुका लागि आवश्यक खाद्यतत्त्वहरु मध्य पहिलो स्थानको मूख्य पोषण तत्त्व हो जसले विरुवालाई हरियो बनाउँदछ र वनस्पतिक वृद्धिमा मद्दत गर्छ । नाईट्रोजन वनस्पतिलाई अति आवश्यक खानाको रुपमा सबै भन्दा बढी चाहिने तत्त्व हो जसको कमीमा विरुवाको पुराना पातको टुप्पाबाट मध्येनशा तिर पहेलोपना देखिन्छ । वायुमण्डलको ७९ प्रतिशत भाग नाईट्रोजनले ओगटेको छ तर विरुवाले सोझै वायुमण्डलिय नाईट्राजन लिन सक्दैन । बालीहरु मध्ये कोसोबालीमा यस्तो क्षमता छ जसले हावामा भएको नाईट्रोजनलाई माटोेमा जम्मा गर्दछन् । कोसेबाली समुहका बालीको जरामा एक प्रकारका स(साना गिर्खाहरु हुन्छन् । ती जरामा रहेका स(साना गिर्खाहरु भित्र आँखाले देख्न नसकिने सक्ष्म जिवाणु हुन्छन् र यिनै जिवाणुको सहायताले कोसेबालीले वायुमण्डलीय नाइट्रोजन माटोमा जम्मा गर्दछन् । ती जिवाणुरव्याक्टेरियालाई “राईजोबियम” व्याक्टेरिया भनिन्छ । राईजोबियमले कोसेबालीको जरामा गिर्खा बनाई वायुमण्डलीय नाईट्रोजनको स्थिरिकरण गर्छ र बिरुवाले लिन सक्ने वा उपभोग गर्न सक्ने रुपमा एमोनियम बनाई बिरुवा तथा माटोमा उपलब्ध गराउँछ । कोसेबालीले हावाबाट जम्मा गरेको नाईट्रोजनको केही भाग आफुले उपभोग गर्दछ भने केही भाग माटोमा जम्मा गर्दछ जुन पछि लगाउने बालीले प्राप्त गर्दछ । त्यसैले कोसेबालीलाई बाली चक्रको रुपमा प्रयोग गरिन्छ र अनिवार्य गर्दै जानु पर्दछ । कासेबालीलाई मिश्रित बाली, घुसुवा बाली तथा हरियो मल बालीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कोसेबालीको जरा अन्न बालीको तुलनामा बढी गहिरो सम्म जन्छ जसकारण अन्न बालीले लिन नसक्ने तल्लो तहको खाद्यतत्त्व पनि कोसेबालीले तानेर माथिल्लो तहमा ल्याई माटोलाई मलिलो बनाउँदछ । विषेश गरेर तपसिलका कोसेबालीहरु लगाउनाले माटोमा प्रति बर्ष प्रति हेक्टरमा बोडीको खेतीबाट अधिकतम ३५४ के.जी, मास तथा मुगंको खेतीबाट अधिकतम ३४२ के.जी, अरहरको खेतीबाट अधिकतम २८० के.जी, भटमासको खेतीबाट अधिकतम १६८ के.जी, मसुरोको खेतीबाट अधिकतम ११४ के.जी, चनाको खेतीबाट अधिकतम १०३ के.जी, केराउको खेतीबाट अधिकतम ७७ के.जी, सिमीको खेतीबाट अधिकतम ७० के.जी, नाईट्रोजन तत्त्व माटोमा संचय गर्छ ।एक अनुमान अनुसार बोटबिरुवाले हावाबाट औद्योगिक रुपमा उत्पादन हुने नाईट्रोजन मल भन्दा ३(४ गुणा बढी, करिब ५ अर्ब टन प्रति वर्ष, नाईट्रोजन जम्मा गर्दछन् । प्रचलित मूल्यको आधारमा हिसाब गर्दा प्राकृतिक रुपमा कोसेबालीले १५ खर्ब रुपैयाको नाईट्रोजन जम्मा गर्छ । माटोको उर्वराशक्ति ह्रास हुन नदिन बाली चक्रमा कम्तीमा पनि १ बर्ष वा २ बर्षमा एउटा कोसेबाली लगाउनुपर्छ । कोसेबालीले नाईट्रोजन स्थिरिकरण गर्छ भनेर नाईट्रोजन मलको आवश्यक नै नपर्ने होइन किनभने कोसेबाली लगाएको करिब ६ हप्ता पछि मात्र नाईट्रोजन स्थिरिकरण गर्छ । त्यसैले बाली लगाउँदा विरुवालाई स्टार्टर डोजको नाईट्रोजन मल आवश्यक पर्छ । यदि कोसेबालीले प्रशस्त मात्रामा नाईट्रोजन पायो भने वायुमण्डलीय स्थिरिकरण गर्न कम गर्छ । तसर्थ कोसेबाली लगाउँदा १स्२स्२ को मात्रामा एनस्पिस्के को प्रयोग गर्नुपर्छ । बढी नाईट्रोजन प्रयोग गर्दा वायुमण्डलीय स्थिरिकरण नभई नोक्सान हुन्छ त्यसैले खास गरि कम उब्जाउ सिमान्त जग्गामा कोसेबाली लगाउँदा बढी फाइदा हुन्छ । धैरै मलिलो माटोमा कोसेबालीले त्यति फाइदा पुराउदैन ।

कृषि हाम्रो देश नेपालको मेरुदण्ड हो । कृषि नेपालीहरुको मूख्य पेशा हो र देशको अर्थतन्त्र पनि कृषि मै निर्भर छ । त्यसैले कृषि उत्पादन र उत्पादकत्त्वलाई दिगो बनाई माटोको उत्पादन शक्तिलाई कायम वा बचाई राख्नु हामी सबैको कर्तव्य तथा धर्म हो । माटोको उर्वराशक्ति व्यवस्थापनको लागि स्थानीय वनस्पति वा हरियो मल र कोसेबालीको अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ । जसरी माटोलाई उर्वर राख्न खाद्यतत्त्वकोे महत्त्व छ मानिस लाई पनि स्वथ्य रहन कोसेबाली जस्तो पोसिलो र पौष्टिक आहार चाहिन्छ । त्यसैले माटो र कोसेबाली, मानव जिवनसँग अपरिहार्य छ । माटोलाई हामी जिवन दिऔँ सट्टामा माटोले हामीलाई जिवन दिन्छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *