• +977-56591331
  • info@nsss.org.np

प्रथम स्थान: रामचन्द्र न्यौपाने ::माटो र कोशेबाली मानव जीवनसँग अपरिहार्य सम्बन्ध

प्रथम स्थान: रामचन्द्र न्यौपाने ::माटो र कोशेबाली मानव जीवनसँग अपरिहार्य सम्बन्ध

प्रथम स्थान: रामचन्द्र न्यौपाने
स्नातक (तेस्रो वर्ष), कृषि
कृषि तथा वन विज्ञान विश्वविद्यालय
रामपुर, चितवन
९८४९६९७८८१

माटो पृथ्वीको उपल्लो सतह हो जसले आफ्नो छातीमा बिरुवा उमारेर मानव जातीको अस्तित्वलाई बचाएको छ । वेण्डल बेरीका अनुसार माटो जीवनको विशिष्ट संयोजनकर्ता,स्रोत र गन्तव्य हो । एक मुठी माटोमा यस पृथ्वीमा रहेको जनसङ्ख्या भन्दा बढी मात्रामा सूक्ष्म जीवहरु अटेका हुन्छन्, त्यसैले त भनिन्छ नी माटो आफँैँमा जैवगतिशिल९द्यष्य(मथलबmष्अ कथकतझ० प्रणाली हो । जब हामी माटोको महत्व, जीवन्तता र स्वास्थको कुरा गर्दछौं तब यो सँगै कोशेबालीको महत्व पनि जोडिएर आउँछ । माटो र कोशेबालीको सहजीविता (क्थmदष्यकष्क)को बारेमा वैदिक साहित्यहरुमा पनि उल्लेख गरेको पाईन्छ । कौटिल्यको अर्थसास्त्र र चरकसंहितामा कोशेबालीको महत्वका बारेमा वर्णन गरिएको छ । मुख्यतः कोशेबालीले माटो क्षयीकरण रोक्ने, वायुमण्डलीय नाइट्रोजनको स्थिरीकरण गर्ने अनि माटोमा अनेकौं वृद्धि प्रर्वदक पर्दाथहरु उत्पादन गरी माटोको गुणस्तर र उर्वराशक्ति अभिवृद्धि गर्ने कार्य गर्दछ ।

कोशेबालीले भू–आवरण बालीको भूमिका निर्वाह गरी माटोको क्षयीकरण रोक्दछ । धरातलिय भू–बनोट लगायत अन्य कारणहरुले नेपालको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा मलिलो माटो बगेर जाने समस्या भएकाले कोशेबालीलाई भू–आवरण बालीको रुपमा प्रयोग गरी केही हदसम्म उक्त समस्या निराकरण गर्न सकिन्छ । कोशेबालीको बिरुवाहरु झाँगिएर बढ्छन् भने पातहरु चौंडा हुन्छन् जसले वर्षाको पानीको प्रहारलाई न्यूनीकरण गर्दै माटोको क्षयीकरण रोक्न मद्दत गर्दछ । यसका साथसाथै यस बालीको जरा प्रणाली विस्तृत र गहिरो हुने भएकाले माटोलाई राम्रोसँग बाँधेर राखेको हुन्छ ।

कोशेबालीको जरामा राईजोबियम जीवाणुयुक्त गिर्खाहरु हुन्छन् जसलाई नाइट्रोजन तत्व एकत्रीकरण गर्ने कारखाना पनि भनिन्छ । वायुमण्डलको एक हेक्टर क्षेत्रफलमा करिब ८२ मे.टन नाइट्रोजनको तह बनेको हुन्छ जसलाई बिरुवाले सोझै उपयोग गर्न सक्दैन । वायुमण्डलीय नाइट्रोजनलाई राईजोबियम जीवाणुहरुले आफ्नो शरीरमा अवशोषण गरी प्राङ्गारिक रुप (अमिनो अम्ल र प्रोटिनहरु)मा रुपान्तरण गर्दछन् । राईजोबियम जीवाणुहरुले प्रतिवर्ष प्रतिहेक्टर ५०–४०० कि.ग्रा वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गर्न सक्दछन् । कोशेबालीको कटाई पश्चात गिर्खायुक्त जराहरु कुहिन्छन् अमोनिकारक र नाइट्रिकारक जीवाणुहरुले क्रिया गरी प्राङ्गारिक नाइट्रोजनलाई अमोनियम र नाइट्रेटमा परिवर्तन गर्दछन् । अतः कोशेबालीहरुले माटोको उर्वराशक्ति वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्दछन् ।
कोशेबाली चाँडै हुर्कने, पातहरु चौंडा हुने, बोट नरम हुने साथै माटोभित्र छिटै कुहिने भएकाले हरियो मलका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कोशेबालीलाई हरियो मलका रुपमा प्रयोग गर्दा माटोमा प्राङ्गारिक पदार्थ थपिन्छ, बिरुवालाई आवश्यक खाद्यतत्व सजिलै उपलब्ध हुन्छ, माटोमा सूक्ष्म जैबिक क्रियाकलापमा वृद्धि हुन्छ अनि समग्रमा माटोको भौतिक,रसायनिक र जैबिक संरचनामा सुधार हुन्छ । माटो बिरुवाहरुका लागि आवश्यक पर्ने खाद्यतत्वहरुको अक्षय भण्डार होइन भन्ने कुरालाई आत्मसाथ गर्दै माटोको खाद्यतत्व आपुर्ति गर्नेक्षमता कायम वा वृद्धि गर्न यसको स्वास्थसंरक्षण एवम् संवद्र्धन गर्न जरुरी छ । बालीबिरुवाहरुले माटोबाट अवशोषण गर्ने खाद्यतत्वको मात्रा भन्दा मलहरुको रुपमा प्रयोग गरिने खाद्य तत्वको मात्रा कम भएमा माटोको स्वास्थ्य बिग्रंदै जान्छ । त्यसैले, कोशेबालीलाई हरियो मलका रुपमा प्रयोग गरी माटोको संरक्षण एवम् संवद्र्धन गर्न सकिन्छ ।

कोशेबालीका जराहरु गहिराईसम्म जाने भएकाले माटो खोलेर वायुसंचार वृद्धि गर्छन र जराहरु कुहिएपछि माटोमा ह्युमसको मात्रा बढाउँछन् । यसको अलावा, चुहिएर माटोको तल्लो तहसम्म पुगेका खाद्यतत्वहरुलाई गहिराई सम्म पुगेका जराहरुले सोस्दछन् र ती खाद्य तत्वहरुलाई उपयोग बिहिन हुनबाट बचाउँछन् । त्यस्तै, कोेशेबालीलाई अन्य खाद्यबाली संगै बाली चक्रमा समावेश गरेमा माटोको एकै तहबाट खाद्यतत्वहरु रित्तिने समस्या कम हुन्छ । सुख्खा सहनशील कोशेबालीहरुलाई आकासे पानीको भरमा पनि खेती गर्न सकिन्छ । अन्य बालीहरुको तुलनामा कोशेबालीहरुको लागि निकै कम मलखाद र सिंचाईको आवश्यकता पर्ने भएकाले कृषि लागत पनि कम लाग्छ । त्यसैले, कोशेबाली तर्फ नेपाली कृषकहरुलाई व्यापक रुपमा आकर्षित गर्दै देशलाई दिगो कृषिविकासको पथतर्फ उन्मुख गराउन सकिन्छ ।

कुनै पनि देशले स्वास्थ, फुर्तिला र उत्पादनशील नागरिकहरु प्राप्त गर्न प्रोटिन कुपोषण हटाउन जरुरी छ । विश्व स्वास्थ संगठनले सिफारिस गरे अनुसार एक जना व्यक्तिले दैनिक करिब १६० ग्रा. दाल उपभोग गर्नुपर्छ । तर हाम्रो देशमा प्रतिव्यक्तिका लागि केवल करिब ३० ग्रा. दाल मात्र उत्पादन भइरहेको छ । त्यसैले, प्रोटिनको कुपोषण हटाउन कोशेबालीको उत्पादन बढाउनु पर्ने आवश्यकता छ ।

खाद्य असुरक्षाजस्तो विषम परिस्थितिले मानव जातिको अस्तित्व माथिनै धावा बोलिरहेको वर्तमान सन्दर्भमा माटो र कोशेबालीको बीचमा रहेको परस्पर लाभदायक सम्बन्धलाई उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउँदै खाद्य असुरक्षाको विरुद्धमा डटेर मुकाबिला गर्न सकिन्छ । तर, बिडम्बना नै भन्नुपर्छ एक्काइसौं शताब्दिको चेतनशील एवम् वैज्ञानिक प्राणी मानिस उत्पादन बढाउने होडमा माटोको स्वास्थलाई गौण महत्व दिई धर्तीको बन्ध्याकरणमा ल्याप्चे लगाईरहेको छ । जथाभावी रसायनिक वस्तुहरुको प्रयोगले माटोको स्वास्थलाई विनष्ट पारिंदै छ, सिंगो धर्ती र पृथ्वीलाई नै शुस्क–अनुर्वर बनाइदै छ अनि प्रकृतिको बन्ध्याकरण अभियानमा जोडतोडले संलग्न भइंदै छ । आज हाम्रा उर्वर भूमिहरु निवस्त्र र नाङ्गा हुँदै छन् र खाद्य असुरक्षाको कालो बादल नेपाली आकाशमा मडारिंदै छ । त्यसैले मानव जातीको अस्तित्वलाई बचाई राख्न खाद्य असुरक्षाको समस्यालाई कुरामा होइन काममा, आदर्शमा होइन यथार्थमा र भाषणमा होइन व्यवाहारको कसीमा घोटेर हेर्नुपर्छ । हाम्रा पुर्खाहरुले हाम्रो निम्ति नासोको रुपमा छाडेका प्राकृतिक स्रोत र साधनहरुलाई बिग्रन नदिई अरु स्वच्छ र परिष्कृत रुपमा भावि सन्ततिको हातमा सुम्पनु पर्ने अवस्थामा माटो रुपी गाईलाई घाँस पानीको वास्तै नगरी दुहुन मात्र हतारिएर मानिसले आफ्नो अनिष्ट आफंै निम्त्याएको छ । अमेरिकी भूतपूर्व राष्ट्रपति फ्रेङ्कलिन रुजबेल्टले “जुन राष्ट्रले माटोको विनाश गर्छ, त्यो राष्ट्र आफैं विनाश हुन्छ ”भनेझैं, के हामी पनि माटोको भौतिक, जैविक र रासायनिक स्वास्थलाई नजरअन्दाज गर्दै उत्पादन बढाउने होडमा माटोको अत्यधिक दोहन गरेर आफ्नो विनाश आफंैले नित्याउँदै त छैनौं ?सबैले सोच्नु पर्ने अवस्था आएको छ ।

अन्तराष्ट्रिय माटो विज्ञान संघ (IUSS) ले सन् २००२ बाट ५ डिसेम्बरलाई “अन्तराष्ट्रिय माटो दिवस”को रुपमा मनाउदै आएको छ र यो वर्ष पनि “माटो र कोशेबाली, मानव जीवनसंग अपरिहार्य सम्बन्ध” भन्ने नाराका साथ मानिसलाई माटोसंग जोड्ने अनि माटो र कोशेबाली बीचको लाभदायक सम्बन्धका बारेमा जनचेतना फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पक्कैपनि सकारात्मक कार्य हो । विश्व जनसंख्या भयसङ्केतक रुपले अगाडि बढ्दै गर्दा मानिसले प्राकृतिक साधनहरु (माटो र पानी) अत्यधिक दोहन गर्ने क्रम बढिरहेको छ । फलस्वरुप भोलिको विकास र जीवनका सुनौला सम्भावनाहरु धमेलिदै गइरहेका छन् । तथापि,राष्ट्रियर अन्तराष्ट्रिय स्तरमा भइरहेका सकारात्मक कार्यहरुले माटो प्रति सरोकार राख्ने हामी सबैमा आशाको किरण सञ्चार गरेको छ ।
कवितांशले भनेझै पृथ्वीमा रहेका सम्पुर्ण जीवनहरुको जननी माटोलाई कम्बलरुपी हरिया कोशेबाली ओडाउँदै मानिसले आफ्नो भकारी भर्न सके अनि अन्त्यमा आफ्नो जीवन माटोमा विसर्जन गर्न सके नै जीवनको सार्थकता उजागर हुनेछ ।

म,
मेरो माटोको तन ढाक्नेछु ,
अनि,
हरिया कोेशेबालीको कम्बल ओडाउनेछु
भोली न्यानो काख चाहिन्छ,
भरि भकारि चाहिन्छ मलाई
म मेरो चिहान माटोमै बनाउनेछु ।।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *