• +977-56591331
  • info@nsss.org.np

बिश्व माटो सप्ताह २०१६ ::राष्ट्रिय निबन्ध प्रतियोगिता

बिश्व माटो सप्ताह २०१६ ::राष्ट्रिय निबन्ध प्रतियोगिता

Soil Essay Contest NSSS

नेप्लिज सोसाइटी अफ स्वायल साइन्स ले यसै मङ्सिर १६, १७, १८, १९ र २० गते (डिसेम्बर १ – ५) सम्म बिश्व माटो सप्ताह निम्नानुसारका कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ |

मङ्सिर १६ – राष्ट्रिय निबन्ध प्रतियोगिता

मङ्सिर १७ – अन्तरक्रिया कार्यक्रम (माटो वैज्ञानिक, प्राबिधिक, कृषक र प्रांगारिक मल ब्यबसायी)

मङ्सिर १८ – माटो राष्ट्रिय सम्मेलन

मङ्सिर १९ – राष्ट्रिय सम्मेलन समापन, सम्मान पत्र वितरण र साधारण सभा

मङ्सिर २० – प्रभात फेरी, सडक नाटक, पुरस्कार वितरण

 

राष्ट्रिय निबन्ध प्रतियोगिता

यस निबन्ध प्रतियोगिताको उद्धेश्य स्नातक र स्नातकोत्तर पढ्दै गरेका बिद्यार्थीलाई माटो बिषयको ज्ञानलाई अझ जागरुक बनाउनु हो | बिश्व खाद्य संगठनले हरेक वर्ष मनाउदै आएको बिश्व माटो सप्ताह नेपालमा पनि मनाउन सान्दर्भिक भएकोले हामी बिबिध कार्यक्रमका साथ मनाउन गइरहेका छौ जसमध्य राष्ट्रिय निबन्ध प्रतियोगिता पनि एक हो | प्रतियोगितामा हाल कुनै पनि बिषयमा स्नातक वा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीले भाग लिन पाउनेछन् | प्रतियोगितामा सर्तहरू लागु हुनेछन |

सर्तहरु

१. निबन्धको शीर्षक:

माटो र कोशेबाली, मानब जीवन उपयोगी”

Soil and pulses, a symbiosis of life

२. निबन्ध नेपालीमा लेखिएको हुनुपर्नेछ |

३. निबन्ध १००० शब्द नबढाई लेखिएको हुनुपर्नेछ |

४. निबन्ध आफ्नै शब्दमा लेख्नुपर्नेछ र कतैबाट सारेको थाह पाएमा उक्त निबन्ध प्रतियोगिताबाट हटाइनेछ |

५. प्रतियोगीले मङ्सिर ११ गतेसम्म निबन्ध यसै सोसाइटीको इमेल ठेगाना nssscontact@gmail.com मा इमेल शीर्षक “ NSSS essay 2016” लेखि पठाइसक्नु पर्नेछ | सो भन्दा पछि आएका निबन्धलाई प्रतियोगितामा समाबेश गराईनेछैन |

६. निबन्ध पठाउदा अफ्नो नाम, युनिभर्सिटी, कलेज, ठेगाना, फोन नम्बर अनिबार्य रूपमा उल्लेख गर्नुपर्ने छ |

७. प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र र जनही रु. दश हजार, दितीय हुनेलाई प्रमाण पत्र र जनही रु. छ हजार र तृतीयलाई प्रमाण पत्र र जनही रु. तीन  हजार  पुरस्कार दिईनेछ |

८. प्रतियोगिताको बिजेता मङ्सिर १६ गते घोषणा गरिनेछ र मङ्सिर २० गते (माटो दिवस) प्रमुख अतिथिको हातबाट पुरस्कार दिईनेछ | पुरस्कार ग्रहण गर्न आउदा परिचय पत्र अनिबार्य रुपमा ल्याउनुपर्नेछ |

९. उत्कृस्ट निबन्धकर्ताले नेप्लिज सोसाइटी अफ स्वायल साइन्सको कार्यकारी समिति समक्ष प्रस्तुती दिनुपर्ने छ |

१०. प्रतियोगिताको अन्तिम निर्णय नेप्लिज सोसाइटी अफ स्वायल साइन्सको कार्यकारी समितिको हुनेछ |

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *