• +977-56591331
  • info@nsss.org.np

विश्व माटो दिवश समारोह कार्यक्रम

विश्व माटो दिवश समारोह कार्यक्रम

World Soil Day 2015 Nepal

विश्व माटो दिवश, २०१५ सन्दर्भ र उपयोगिता

माटो नै समस्त मानब सभ्यताको एक मात्र ठोस आधार हो । पर्यावरणीय सन्तुलन कायम राख्दै खाद्य सुरक्षा बढाउन माटोको भूमिकालाई मध्यनजर गर्दै सयुक्त राष्ट्र सघंको ६८ औँ साधारण सभाले सदस्य राष्ट्रहरुमा सन् २०१५ लाई अन्तर्राष्ट्रिय माटो वर्ष र हरेक वर्ष डिसेम्बर ५ लाई विश्व माटो दिवशको रुपमा मनाउने घोषणा गरेको छ । सोहि अनुरुप नेपालमा पनि कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयको अगुवाइमा सन् २०१४ को डिसेम्बर ५ लाई माननीय कृषि बिकास मन्त्रीबाट माटो जाँच घुम्ती प्रयोगशालाको उद्घाटन गरी नेपाल सरकारले माटो दिवश मनाउन सुरुवात गरेको थियो । सोहीे वर्ष त्रि.वि.वि.(कृषि क्याम्पस, रामपुर) र नेपाल कृषि अनुसन्धान परिषदमा पनि छुट्टा छुट्टै कार्यक्रम गरि सो दिवश मनाइएको थियो । यस निर्देशनालयले अन्तर्राष्ट्रिय माटो वर्ष २०१५ मनाउने क्रममा घुम्ती माटो परिक्षण प्रयोगशालाबाट हाल सम्म काभ्रे, धादिङ, कास्की, गुल्मी र गोरखा जिल्लाका विभिन्न १२ पकेट क्षेत्रकोे माटो परिक्षण गरि माटो जाँच सेवामा कृषकको पहुच बृद्धि गरेको छ ।

माटो व्यवस्थापन निर्देशनालय र मातहतका क्षेत्रीय माटो परिक्षण प्रयोगशालाहरुले विगत एक दशकमा प्रयोगशाला र स्थलगत माटो जाँच शिविरमा गरेको परिक्षणको नतिजा हेर्दा ब्यवसायिक पकेट क्षेत्रहरुको माटोमा अम्लियपना बढ्दै गएको तथा अन्य मुख्य खाद्यतत्वहरु र सुक्ष्मतत्वहरु घट्दै गएको स्पष्ट देखिन्छ । सघन खेती हुने कृषिका ब्यवसायिक पकेट क्षेत्रहरुमा रसायनीक पदार्थको असन्तुलित प्रयोग भईरहेको छ जसको फलस्वरुप माटोको भौतिक, रसायनिक र जैबिक गुण समेत ह्रास हुँदै गएको कारण जतिसुकै उत्पादनका साधनहरु अपनाउँदा समेत उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन भने अर्को तर्फ प्राकृतिक स्रोत साधनको दोहन बाट बढ्दो भूक्षयले माटो मरुभुमिकरण तर्फ उन्मुख हुने खतरा छ । खाद्यान्न उत्पादनको प्रमुख श्रोत माटो नै हो र पृथ्वीको उत्पादक माटो बन्न हजारौँ वर्ष लागेको छ तसर्थ माटोलाई बचाउनु भनेको नै दिगो उत्पादनलाई टेवा पु¥याउनु हो । यस सन्दर्भमा विश्व माटो दिवशले माटोको संरक्षण र दिगोपनमा विश्व समुदायमा जागरण ल्याउने महत्वपूर्ण सन्देश दिन सक्नेछ ।

यसै सन्दर्भलाई लिएर सयुक्त राष्ट्र सघं, खाद्य तथा कृषि सगंठन (FAO) ले यस वर्ष “Soils, a solid ground for life” नाराका साथ विश्व माटो दिवश मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि सोहि नारामा आधारीत “माटो ; जीवनको मूल आधार” भन्ने नाराका साथ केन्द्रिय स्तरमा कृषि विभाग, माटो व्यवस्थापन निर्देशनालय, NARC/माटो विज्ञान महाशाखा, NSSS र FAO Nepal समेतको संयुक्त तत्वावधानमा प्रभातफेरी एवं विश्व माटो दिवश समारोह कार्यक्रम तथा क्षेत्र र जिल्ला स्तरमा समेत विभिन्न कार्यक्रम गरि यो दिवश मनाउन गईरहेका छौँ ।

-माटो व्यवस्थापन निर्देशनालय

हरिहरभवन, ललितपुर

विश्व माटो दिवश, २०१५ कार्यक्रमको रुपरेखा

मितिः २०७२ मंसिर १९ गते शनिवार विहान ८ बजेदेखि

समयकार्यक्रम
८ः००–९ः००प्रभातफेरी (कृषि विभाग देखि जावलाखेल)
९ः००–१२ः००विश्व माटो दिवश समारोह कार्यक्रम (सभाहल कृषि विभाग)
विश्व माटो दिवश समारोह कार्यक्रम
अध्यक्षताः डा. युवक ध्वज जि.सि., महानिर्देशक, कृषि विभाग
प्रमुख अतिथिः श्रीमान सचिव ज्यू , कृषि विकास मन्त्रालय
९ः००–९ः१०अध्यक्षता एवं अतिथि आसन ग्रहण
९ः१०–९ः१५प्रमुख अतिथि बाट कार्यक्रम समारोह उद्घाटन
९ः१५–९ः२०स्वागत मन्तव्य
९ः२०–९ः३५कार्यपत्र प्रस्तुति, माटो व्यवस्थापन निर्देशनालय
९ः३५–९ः५०कार्यपत्र प्रस्तुति, माटो विज्ञान महाशाखा
९ः५०–१०ः०५कार्यपत्र प्रस्तुति, NSSS
१०ः०५–१०ः२५छलफल, सम्पूर्ण सहभागीहरु
१०ः२५–१०ः५५अतिथिहरुबाट मन्तव्य
१०ः५५–११ः००धन्यवाद ज्ञापन
११ः००–११ः२०सभापतिबाट मन्तव्य सहित सभा विसर्जन
११ः२०–१२ः००खाना

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *